Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

काठमाडौं – विश्व चर्चित पेयपदार्थ कोकाकोलाले स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोका कारण एकै दिन ४ बिलियन अमेरिकी डलरको सेयर मूल्य गुमाएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पोर्चुगलका कप्तान रोनाल्डोले सोमबार युरो कप अन्तर्गत हंगेरी विरुद्धको खेल अघि भएको पत्रकार सम्मेलनका क्रममा कोकाकोलाको बोतल हटाएर एक्वा भन्दै पानीको बोतल देखाएका थिए । रोनाल्डोको यो भिडियो समाजिक सञ्जालमा भाइरल बनेपछि कोका कोलाको सेयर मूल्यमा गिरावट आएको छ ।

रोनाल्डोले आफ्नो फिटनेसका लागि कोकको सट्टा पानी खान सल्लाह दिएकाले सेयर मूल्यमा गिरावट आएको बताइएको छ । यसअघि कोकाकोलाको एक सेयर ५६.१० डलरमा किनबेच हुने गरेकोमा उक्त घटनापछि १.६ अंकमा गिरावट आउँदै ५५.२२ मा कारोबार भएको थियो ।

कोकाकोलाको नेट वर्थ २४२ बिलियन डलरबाट झरेर २३८ बिलियन डलरमा पुगेको छ । युरो कपको मुख्य प्रायोजक समेत रहेको कोकाकोलाले रोनाल्डोको यो घटनापछि विज्ञप्ति नै जारी गर्दै हरेक मान्छेले आफ्नो स्वाद र आवश्यकता अनुसार पेय पदार्थ रोज्ने बताएको थियो ।

रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा मंलबार राति भएको खेलमा हंगेरीमाथि ३-० को सहज जित निकाल्दै पोर्चुगलले युरो कपमा सानदार सुरुवात गरेको छ । पोर्चुगलको जितमा रोनाल्डोले २ र राफेल गुरेरो १ गोल गरेका थिए ।

तपाईको प्रतिक्रिया