शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो – राप्ती समाज जापानको तेस्रो अधिवेशन आउँदो जुलाईमा गर्ने निर्णय भएको छ । राप्ती अञ्चलबाट जापान आएर विभिन्न, पेशा, व्यवसाय, अध्ययन र रोजगारमा संलग्न राप्तीवासीहरूको साझा संस्था राप्ती समाज जापानको तेस्रो अधिवेशन आउँदो जुलाई ११ तारिक आइतबारका दिन गर्ने निर्णय भएको हो ।

जापानमा कृयासिल संघ संस्थाजस्तै राप्ती समाज जापानले पनि सामाजिक कार्यहरु गर्दै आएको छ । २०१३ मा गठन गरिएको संस्था सामाजिक काममा सधै सक्रिय रुपमा अगाडी बढिरहेको महासचिव प्रकाश ओलीले जानकारी दिए । उनका अनुसार जापानमा रहेका राप्तीवासी एकआपसमा परिचित भएर आपसी दुःख-सुख तथा सर-सहयोगको साटासाट गर्ने ‘हाम्रो संस्कृती – हाम्रो पहिचाहन’ भन्ने भावनाका साथ समाज अगाडि बढिरहेको छ ।

राप्ती अञ्चलका विभिन्न चाडपर्व, संस्कृतिहरु एकसाथ सामूहिक रुपमा जापानमा पनि मनाउने संस्कारको विकास गर्ने, साथै जापानमा पनि आफ्नो कला, संस्कृतिको परिचय दिएर पर्यटन प्रवर्द्धनमा भूमिका खेल्ने, आफ्नो मातृभूमिको विकासमा सानो भए पनि योगदान गर्ने उद्देश्यले समाजले राखेको छ । खासगरी राप्ती अञ्चलका विकासको पहुँचभन्दा बाहिर रहेका ठाँउमा शिक्षा, स्वास्थ्य, संस्कृति, तथा आर्थिक विकासमा सहयोगी भूमिका खेल्ने, नेपाल (राप्ती)मा भइपरी आउने विभिन्न मानविय सहयोग कार्यमा सकृय भूमिका निभाइरहेका साथै जापानमा रहेका सम्पूर्ण संघ सस्थासँग सहकार्य गर्दै नेपालीहरुको हकहित संरक्षण र प्रवर्धन-बिकास गर्नु पनि संस्थाको उदेश्य रहेको छ ।

अधिवेशनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नको लागि तयारी अगाडि बढाएको अध्यक्ष युवराज रेग्मीले जानकारी दिए । जापानका विभिन्न क्षेत्रमा रहेका सम्पूर्ण राप्तीवासीहरुलाई सक्रिय उपस्थिती भएर सफल बनाउन पनि उनले आग्रह गरेका छन् । अधिवेशन चौतारो रेष्टुरेन्ट कामातामा बिहान ११ बजेदेखि सुरु हुनेछ । थप जानकारीका लागि विशेश्वर रेग्मी (०९०-९८११-६२२६), युवराज रेग्मी (०८०-४९२६-३७२५) र प्रकाश ओली (०८०-९५३२-९०८१) लाई सम्पर्क गर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया