Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

काठमाडौं – कोरोना भाइरस महामारी फैलिएपछि गत वर्ष धेरै अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित भए । फुटबल, टेनिस, क्रिकेट, बक्सिङ, ब्याडमिन्टन आदि खेलका महत्वपूर्ण प्रतियोगिता स्थगित वा रद्द नै भए । यही क्रममा युरोकप २०२० प्रतियोगिता पनि स्थगित भएको थियो । युरोपियन फुटबल महासंघ (युइएफए)ले त्यति नै वेला स्थगित भएको युरोकप ११ जुन ०२१ देखि ११ जुलाई २०२१ सम्म आयोजना गर्ने निर्णय गरेको थियो । एक वर्षपछि धकेलिएको युरोकप शुक्रबार राति १२:४५ बजे इटाली र टर्कीबीचको खेलसँगै विधिवत रूपमा १६औँ संस्करण सुरु हुँदै छ ।

सन् २०२१ मा प्रतियोगिता भए पनि युइएफएले यसको नाम ‘युरोकप २०२०’ नै राखेको छ । युरोपियन राष्ट्रहरूबीच मात्र हुने युरोकप फुटबल प्रतियोगिता ११ सहरका ११ रंगशालामा हुनेछन् । ११ जुलाईमा लन्डनको वयम्ली रंगशालामा १६औँ संस्करणको विजेता छिनोफनो हुनेछ । फुटबलका समर्थक, विश्लेषक तथा पारखीहरूले यो एक महिना युरोकप मात्र नभएर दक्षिण अमेरिकामा हुने कोपा अमेरिकाको पनि मज्जा लिनेछन् ।

युरोकप साँझको ६:४५ बजे सुरु हुन्छ । साँझदेखि राति अबेरसम्म युरोकप, त्यसपछि बिहानभरि कोपा अमेरिका फुटबलको मज्जा लिनेछन् समर्थकले । २४ राष्ट्रलाई ६ समूहमा विभाजन गरी प्रतिस्पर्धा हुने युरोकपमा कुल ५१ खेल हुनेछ । युुइएफएले चार वर्षअघि नै सहभागी देशको संख्या १६ बाट २४ पुर्‍याएको थियो ।

प्रतियोगिताको नकआउट चरण खेल २६ जुनदेखि सुरु हुनेछ । २ जुलाईदखि क्वार्टरफाइनलका खेल सञ्चालन हुनेछ । ६ र ७ जुलाईमा प्रतियोगिताको सेमिफाइनल हुनेछ । ११ जुलाईमा इंग्ल्यान्डको वयम्ली रंगशालामा फाइनल खेल हुनेछ । युरोकप २०२० मा सहभागी २४ मध्ये १९ देशले अघिल्लो संस्करण खेलेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया