आइतबार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

काठमाण्डाै – बेलायती महारानी एलिजाबेथ द्वितीय र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेट हुने भएको छ। बाइडेन जी–७ को बैठकमा सहभागी हुन बेलायत जाने क्रममा १३ जुनमा महारानीसँग बकिङहम दरबारमा भेट हुने भएको हो।बेलायती राजदरबारले भनेको छ,‘महारानी एलिजावेथले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट गर्नुहुने भएको छ।भेटका क्रममा अमेरिकी प्रथम महिला जिल वाइडेनसमेत सहभागी हुनुहुने छ।’ राष्ट्रपति बनेपछि बाइडेनको यो पहिलो विदेश भमण हो।

तपाईको प्रतिक्रिया