आइतबार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

काठमाडौं – छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या घटेको छ । पछिल्लो २४ घन्टामा भारतमा १ लाख ५२ हजार ७३४ जनामा संक्रमण पुष्टि भएको छ । बितेको ४६ दिनपछि भारतमा पहिलो पल्ट थोरै संख्यामा संक्रमित भेटिएका हुन् ।

हालसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड, ८० लाख ४७ हजार ५३४ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा भारतमा ३ हजार १२८ जना संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख २९ हजार १०० पुगेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया