बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाण्डाै – युद्धविरामको घोषणापछि पनि इजरायलका सुरक्षाकर्मी र प्यालेस्टाइनका नागरिकबीच झडप भएको छ ।

११ दिन लामो हिंसात्मक गतिविधिपछि दुवै पक्षले हिजो बिहान युद्धविरामको सहमति गरे पनि फेरि झडप भएको बीबीसीले जनाएको छ । प्यालेस्टाइनका नेता हनान अशरवीले सबै विवाद समाधान नगरे युद्धविराम अस्थायी मात्रै हुने चेतावनी दिनु भएको छ ।

११ दिन चलेको हिंसात्मक द्वन्द्वमा कम्तीमा एक सय जना बालबालिका र महिलासहित दुई सय ३२ जना प्यालेस्टाइनी नागरिकले ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया