Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ११, २०८१
Thursday, December 26, 2024

जीवन बाँच्नको लागि खानाको जरुरत पर्दछ,आँखाको लागि सुन्दरता, मनको लागि शान्ति । हामीसँग भएका जनेन्द्रिय र कर्मेन्द्रियहरुका आआफ्नै कामहरु छन्। मानव सभ्यताको विकास क्रमसँगै सम्भोगका चाहनाहरु पनि विभिन्न तौरतरिका र हतकण्डाहरुबाट पूरा गर्दै आएका भेटिन्छन् पनि ।

मानवको अत्यावश्यक या नैसर्गिक अधिकार नै मान्नु पर्दछ यौन सम्बन्धहरुलाई । युवा युवतीहरुमा मन मिलेपछि विबाहअघि सहमतिमा हुने यौन सम्बन्धलाई हाम्रो कानूनले किमार्थ स्वीकार्दैन या कानूनद्वारा दण्डित गरिन्छ । वर्तमान नेपाली परिवेशलाई हेर्दा यस्ता यौन विकृतिहरु समाजमा ब्याप्त भेटिन्छन् । सहमतिमा यौन सम्बन्ध भइसकेपछि पनि भोलि समाजले, परिवारले थाहा पाउँदा समाजबाट अपहेलीत र बहिष्कृत हुने डरले कतै सम्भोगपछि हत्या भइरहेका छन् भने कति आत्महत्या बन्न पुगेका छन् ।

अपवाद बाहेकलाई लिने हो भने- एउटा जवान पुरुष या स्त्रीले आफ्नो शारिरिक या मानसिक स्वास्थ्य कायमै राख्न स्वास्थ्य यौन सम्बन्ध राख्न आवश्यकता रहन्छ नै । मष्तिष्कमा यौन कुण्ठा पालेर समाजमा रहेको एउटा असल नागरिक पनि कुनै बखत विकृतितिर लम्किएको देखिन्छ । हिजो देवताको पालादेखिनै आफ्नो यौन चाहना तृप्ति गर्न विभिन्न भेष बदली आफ्नो स्वार्थसिद्ध गरेको ग्रन्थहरुमा प्रशस्तै भेटिन्छ । शरिर तन्दुरुस्त हुनको लागि जति पौष्टिक आहारको आवश्यकता रहन्छ उति नै मानसिक स्वास्थ्यको लागि यौन पनि । पैसाका लागि गरिने यौन सम्बन्धहरु गलत होलान् तर, चाहनाहरु पूरा गर्न दुवैको सहमतिमा गरिने यौन सम्बन्धहरुले केहि विकृति रोक्ने माध्यम बन्न सक्छ ।

आज २१औं शताब्दीको संघारमा हामी आइसक्दा पनि युवा युवतीहरुले विबाह पहिलेको स्वास्थ्य सम्बन्धहरुलाई अपराधिकरण गरिरहेको छौं । फलत समाज अझैं विकृत बन्दै गएरहेको छ । समाजका यस्ता यौनहिंसाबाट हुने हत्या र आत्महत्याहरुलाई रोक्न सरकार र सम्बन्धित निकायले कानूनमा सूधार गर्दै केहि लचिलो हुनैपर्नेछ । संसारका धेरै देशहरुमा कानूनी मान्यता पाईसकेको या अन्य केहिमा सहमतिमा हुने सम्बन्धलाई अपराधका रुपमा नमानिने हुँदै गर्दा हाम्रो देशमा तिनै कुराहरुमा विकृति बढिरहेको छ ।

पङ्तिकारको व्यक्तिगत विचारलाई हेर्ने हो भने- कुनै उमेर पुगेका एकजोडी दुवैको सहमतिमा एउटा होटेलमा जान्छन् । निश्चित समयको होटेललाई भाडा तिर्छन् । होटेलका सामानहरु प्रयोग गर्छन् । खाना खान्छन् । बस्छन् । रमाउँछन् । त्यहाँ न कसैलाई डिस्टर्व गर्छन् न असर तर, हाम्रो कानूनले भने त्यसलाई ठूलो अपराधीकरण गर्दछ । अब भन्नुहोस् दुवै सहमतिमा गएका थिंए, कुनै जबरजस्ती थिएन । उनीहरुकै कारणले होटेलको आम्दानी बढेको थियो, त्यहि आम्दानीले होटेल कर्मचारीको घरबार चलेको छ, राज्यले त्यहि आम्दानीबाट कर पाएको छ भने कसरी अपराध हुन्छ त त्यो सम्बन्ध ?

विबाहित स्त्री वा पुरुषले परपुरुष या परस्त्रीसँग सम्बन्ध राख्नु नाजायज हो अझ भनौं अपराध नै । यस्ता कुराहरु समाजमा दण्डनीय हुनैपर्छ जसले समाज घरपरिबार, ईज्जत प्रतिष्ठामा आँच ल्याउँछ । बालबालिकाको नैसर्गिक अधिकार खोसिन पुगेको पनि छ । विबाह गर्दै अंश लिदै सम्पतिको लागि डिभोर्स गर्दै हिड्ने परिपाटिलाई पनि कानूनले रोक्नै पर्दछ । तर उमेरमै श्रीमान् गुमाउन पुगेका, श्रीमती गुमाउँन पुगेका या एकल आमा बन्न चाँहनेहरुलाई पनि राज्यले केहि उदारता देखाउँनै पर्दछ । र स्वतन्त्र यौन सम्बन्ध राख्न पाउँने अधिकारको पनि कानूनमा समेट्नै पर्ने देखिन्छ ।

निश्चित स्थान, सुरक्षा संयन्त्र, कर असुली, स्वास्थ्य सेवा यी सारा कुराहरुलाई समेटेर कानूनसम्मत यस्ता स्थानहरुको व्यवस्था गरिदिने हो भने, सायद समाजमा धेरै हदसम्म यौन हिंसाबाट हुने अपराधहरु, हत्याहरु निराकरण हुने निश्चित छ । विकसित र शिक्षित मूलुकहरुमा यौन र बलात्कारका घटनाहरु नसुनिनु र नदेखिनुले पनि यहि कुराको पुष्टि गर्दछ । पिछडिएको र गरिबी मुलुकहरुमा यस्ता घटनाहरु विकसित मुलुकको तुलनामा प्रशस्त हुने गर्दछन् ।

  • मोहनप्रसाद खतिवडा -टोकियो, जापान
तपाईको प्रतिक्रिया