Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

काठमाडौं – घरेलु मेदानमा आजबाट त्रिकोणात्मक टी–ट्वान्टी सिरिज  हुँदै छ । सिरिज अन्तर्गत आज (शनिबार) नेपालले नेदरल्यान्ड्ससँग खेल्दैछ ।

त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १ः१५ बाट सुरु हुनेछ । आजको खेलमा दुबै टोली जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनमामा हुनेछन् ।

घरेलु मैदानमा १४ महिनापछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको नेपाल आजको खेलमा जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो बनाउने योजनामा छ ।

नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने बताएका छन् । लामो समयपछि हुन लागेको खेलका लागि सबै खेलाडी उत्साहित भएको उनले बताए ।

“प्रतियोगिताका लागि सबै खेलाडी उत्साहित छन् । हामीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने योजना बनाएका छौं । त्यसै अनुसारको तयारी पनि छ,” कप्तान मल्ले भने ।

नेपालले नेदरल्यान्ड्ससँग हालसम्म सर्वाधिक टी–ट्वान्टी आई प्रतियोगिता खेलेको छ । बलियो नेदरल्यान्ड्सलाई हराउन नेपाललाई चुनैती भने धेरै छ ।

हालसम्म नेपालले नेदरल्यान्ड्ससँग ८ टी–ट्वान्टी खेल खेलेको छ । जसमा ६ टी–ट्वान्टी अन्तर्राष्ट्रिय रहेको छ भने २ टी–ट्वान्टी खेल रहेको छ ।

नेपालले ८ खेलमध्य जम्मा दुई टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा जित हात पारेको छ भने नेदरल्यान्ड्सले ५ खेलमा दुई टी–ट्वान्टी र तीन अन्तर्राष्ट्रियमा जित निकालेको छ ।

नेपालले र नेदरल्यान्ड्सको अन्तिम भेट ओमानमा भएको पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी सिरिजमा भएको थियो । जुन खेलमा नेपालले नेदरल्यान्ड्सलाई ४ विकेटले पराजित गरेको थियो ।

नेपालले सिरिजको दोस्रो खेलमा मलेसियासँग वैशाख ६ मा खेल्नेछ । यस्तै, तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससँग वैशाख ७ मा खेल्नेछ ।

नेपालले अन्तिम लिग खेलमा वैशाख ९ गते मलेसियासँग खेल्नेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया