बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

काठमाडौं – बीआर चोपडाले निर्देशन गरेको ‘महाभारत’मा इन्द्र देवताको भूमिकामा देखिएका अभिनेता सतिश कौलको निधन भएको छ । उनको ७४ वर्षको उमेरमा कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भए पनि स्वास्थ्य अवस्था भने सुधारोन्मुख नै थियो । बिहान ठिक छु भनेका कौलको दिउँसो निधन भएको उनकी बहिनी सुष्माले बताएकी छन् ।

३ सयभन्दा धेरै पञ्जाबी र हिन्दी फिल्ममा अभिनय गरेका कौलको लकडाउनका कारण आर्थिक अवस्था नाजुक बनेको थियो । केही समय अघि मात्रै भएको कुराकानीमा उनले आफ्नो आर्थिक अवस्था नाजुक भएको बताएको उनकी बहिनी सुष्माले बताएकी छन् ।

तपाईको प्रतिक्रिया