काठमाडौं – त्रिदेशीय फुटबल अन्तर्गत नेपाल आज (सोमबार) बंगलादेशसँग फाइनल खेल खेल्दैछ । दशरथ रंगशालामा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ५ः३० बजे हुनेछ ।
प्रतियोगिता अन्तर्गत तालिकाको उप–विजेता बन्दै नेपालले बंगलादेशसँग फाइनल यात्रा तय गरेको हो । बंगलादेश तालिकाको विजेता टोली हो ।
प्रतियोगिता अघि बोल्दै नेपाली टोलीका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै गोल गर्ने प्रयास गर्ने बताए ।
मुख्य प्रशिक्षक महर्जनले फाइनल खेलमा आफूहरु उत्कृष्ट प्रदर्शन गर्दै गोल पनि गर्ने बताएका छन् ।
“हामीले अघिल्लो खेलमा भएका गल्तीहरुलाई सुधार गर्दै फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्ने योजना बनाएका छौँ, सोही योजना अनुसार हामी अगाडि बड्ने छौं । फाइनल खेलमा धेरैभन्दा धेरै गोल गरेर प्रतियोगिताको विजेता बन्ने हाम्रो योजना रहेको छ,” महर्जनले प्रिम्याच कन्फ्रेन्समा भने ।
उनले कीर्गिस्तान र बंगलादेशसँगको खेलमा एउटै लाइनअप भएको फाइनल खेलमा परिवर्तन गर्ने योजना रहेको बताए । लाइनलअप मात्र नभएर खेल्ने तरिका पनि परिवर्तन गर्ने योजना भएको उनको भनाइ छ ।
“फाइनल खेलमा कीर्गिस्तान र बंगलादेशसँग खेलेको खेलाडीहरुको सुरुआती लाइनअप परिवर्तन हुनेछ । लाइनअप मात्र नभएर हामी खेल्ने तरिका पनि परिवर्तन गर्नेछौं । आशा छ खेल राम्रो हुनेछ,” प्रशिक्षक महर्जनले भने ।
यता, टिमका कप्तान किरण चेमजोङले पनि टिमको प्रदर्शनबाट आफू सन्तुष्ट भएको बताएका छन् । पहिलेको तुलनामा हाल पूरै टिम बलियो भएको तर, गोल गर्न नसक्दा नजिता राम्रो नदेखिएको बताए ।
उनले फाइनल खेलमा सबै खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने र गोल गर्ने वातावरण पनि मिल्ने बताएका छन् । किरणले आफ्नो कप्तानीमा पहिलो पटक उपाधिको नजिक रहेको हुनाले यो अवसरलाई खेर जान नदिने बताए ।
“म मरो टिम प्रति पूर्ण विश्वस्त छु । उनीहरुले भोलीको खेलमा गोल गर्नेछन् । मेरो कप्तानीमा पनि पहिलो पटक उपाधि नजिक भएको छ । यो उपाधिलाई मैले खेर जान दिने छैन्,” कप्तान चेमजोङले प्रिम्याच कन्फ्रेन्समा आइतबार भने ।