Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौं – दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले मंगलबार कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएका छन् । उनले अक्सफोर्ड र अस्ट्राजेनिकाले संयुक्तरुपमा विकास गरेको खोप लगाएको सिन्ह्वाले जनाएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उक्त कम्पनीको खोपका विषयमा विश्वका कतिपय देशमा विवाद उत्पन्न भएको थियो । सो खोप लगाएका मानिसहरुमा रगत जम्ने समस्या देखा परेको भन्दै उक्त खोप नलगाउन भनिएको थियो । तर युरोपेली युनियनले गरेको अनुसन्धानका क्रममा भने सो खोपमा त्यस्तो खराबी नदेखिएको पाइएको बताइएको थियो ।

राष्ट्रपति मुन जाय इनले दक्षिण कोरियको राजधानी सोलमा रहेको एक पब्लिक हेल्थ सेन्टरमा पुगेर सो खोप लगाएको त्यहाँका टेलिभिजनहरुले देखाएका सो समाचारमा जनाइएको छ । राष्ट्रपति मुन जाय इन केही दिनपछि केही देशको भ्रमणका लागि जाँदै छन् ।

त्यसैले सो भ्रमणलाई समेत मध्यनजर गरेर स्वास्थ्य सुरक्षाका लागि उनले खोप लगाएको प्राप्त समाचारमा जनाइएको छ । जर्मनी, फ्रान्स, इटालीलगायतका देशले शुरुमा यो खोप नलगाउने भनी सार्वजनिक घोषणा गरेको भए पनि पछिल्ला केही दिनयता पुनः यो खोप लगाउन थालेका बताइएको छ

तपाईको प्रतिक्रिया