Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौँ – नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नीलम ढुंगाना र बम बहादुर मिश्र नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले ढुंगाना र मिश्रलाई डेपुटी गभर्नर नियुक्त गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

दुई डेपुटी गभर्नरमध्ये ढुंगाना वरिष्ठ डेपुटी गभर्नर हुन् । मिश्र विदेशी विनिमय विभागका कार्यकारी निर्देशक थिए भने ढुंगाना राष्ट्र ऋण व्यवस्थापन विभागकी कार्यकारी निर्देशक थिइन् ।

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर फागुन १८ देखि रिक्त भएको थियो । यसअघिका डेपुटी गभर्नरहरू चिन्तामणी शिवाकोटी र शिवराज श्रेष्ठ सेवा निवृत्त भएसँगै उक्त पद रिक्त थियो ।

नेपाल राष्ट्र बैंकका गभर्नरको सिफारिशमा अर्थमन्त्रीले प्रस्ताव मन्त्रिपरिषद्मा लगेर डेपुटी गभर्नरको नियुक्ति हुन्छ । डेपुटी गभर्नरका लागि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चार जना कार्यकारी निर्देशकको नाम अर्थ मन्त्रालय समक्ष सिफारिश गरेका थिए ।

तपाईको प्रतिक्रिया