Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले आज देखि देशभरि ६ हजार खोप केन्द्रमार्फत कोरोना भाइरस विरुद्धको खोप प्रदान गरिने जनाएका छन् । उनले १० दिन ६५ वर्षमाथि र त्यसलगत्तै ५५ वर्षमाथि खोप लगाइने बताए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

१७ लाख ६५ हजार भन्दा बढी ६५ वर्ष भन्दा माथिको जनसंख्या रहेको अनुमान छ । कोरोना भाइरसको संक्रमण भए मृत्युदर ६५ वर्षमाथिको उमेर समूहमा बढी भएकाले यो चरण निकै नै महत्वपूर्ण रहेको मन्त्री त्रिपाठीले बताए ।

उनले खोपको उपलब्धता विश्वभरमै गाह्रो भएकाले जतिसक्यो बढी यसको फाइदा उठाउन पनि आग्रह गरेका छन् ।

उनले नेपाली खोप सबै नेपाली जनतालाई लगाउनका लागि आफू नर्कमा जान पनि तयार रहेको बताए ।

उनले ५५ वर्षभन्दा माथिकाले १० दिनपछि लगाउने र त्यसपछि खोप बाँकी भयो भने अन्य उमेर समूहलाई लगाउने स्पष्ट पारे ।

उनले आफूले एक महिनादेखि आफूले सामना गरेको चुनौतीबारे खुलाउँदै  बिचौलियाहरुको बिगबिगी रहेको बताएका छन् । उनले एक दिन स्वेतपत्र नै जारी गर्ने बताएका छन् ।

मन्त्री त्रिपाठीले निजी क्षेत्रले पनि यो खोप ल्याउन सक्ने बताएका छन् ।

निजी क्षेत्रलाई बढीमा १० प्रतिशतसम्म मात्रै कमिशन खाएर खोप ल्याउन सक्ने गरी आह्वानसमेत गरेका छन् । त्योभन्दा बढी कसैले खान नसक्ने पनि उनले स्पष्ट पारेका छन् ।

उनले अक्सफोर्ड एक्स्ट्राजेनेकालाई अनुमति दिएको र चिनियाँ खोपलाई पनि अनुमति दिएको बताए । अन्यले भने अहिलेसम्म खोप दिने बारेमा केही नभनेको बताए ।

अहिलेसम्म भारतबाट मात्रै नेपालले कोभिशिल्ड खोप ल्याएको छ । भारतबाट पहिले १० लाख खोप अनुदानमा पाएको थियो भने त्यसपछि नेपालले २० लाख खोप प्रति डोज ४ डलरमा नेपालले किनेको छ ।

यसअन्तर्गत १० लाख खोप ल्याइसकेको छ भने बाँकी खोप ल्याउँदै गरेको मन्त्री त्रिपाठीले बताए ।

(आज )आइतबारै ‘कोभ्याक्स’ को ३ लाख ४८ हजार डोज पनि आउँदै गरेको मन्त्री त्रिपाठीले बताए ।

तपाईको प्रतिक्रिया