Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौं – विश्वका २० देशमा कोभ्याक्सको कार्यक्रम अनुसारका खोपहरु पठाइएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । विश्व स्वास्थ्य संगठनले दिएको जानकारीअनुसार कोभ्याक्स कार्यक्रम अनुसारका करिब दुई करोड मात्रा खोप विश्वका विभिन्न २० देशमा पठाइएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

विश्व स्वास्थ्य संगठनले नेतृत्व गरेको कार्यक्रमअनुसार यो सहायताको खोप हो । यो कोभ्याक्सको मात्राका खोपहरु विश्व स्वास्थ्य संगठनले अनुदान स्वरुप विश्वका देशहरुलाई उपलब्ध गराउने गरी स्थापना गरेको कार्यक्रम हो । यी खोपहरु यसै हप्ताको शुरुआतदेखि खासगरी अफ्रिकाका देशहरुमा पठाइएको हो ।

यो अनुदानको खोप वितरण गर्ने कार्यक्रम खासमा घानाबाट शुरु भएको थियो । विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस आधनम गेब्रियसले सो कुराको जानकारी दिएका हुन् । उनले आगामी हप्ता पनि यो खोप वितरणको कार्यक्रम रहेको बताए । आगामी हप्ता पनि बढी जसो अफ्रिकी देशलाई नै यो खोप दिइने छ र आगामी हप्ता यो कार्यक्रम अन्तर्गतका करिब १ करोड ४० लाख मात्रा खोपहरु अरु विभिन्न ३१ देशलाई उपलब्ध गराइने छ ।

खोप वितरण अहिले निकै सानो जनसंख्यामा रहेको तर यसलाई पछि बढाइने पनि उनले बताए । उनले भनेका छन्, । अहिलेसम्म त यो खोप विश्वका यो कार्यक्रम अनुसारका खोप वितरण गरिएका देशका २ देखि ३ प्रतिशत मात्र नागरिकलाई यो खोपको मात्रा पुगेको पनि उनले बताए ।

विश्व स्वास्थ्य संगठनले विश्वमा खोप खरिद गर्न सक्ने अवस्था नरहेका अथवा खोपमा पहुँच नपुगेका गरिब देशहरुलाई शुरुमा यो खोप अनुदानमार्फत् दिइने गरी वितरणको कार्यक्रम बनाएको बताएको छ । –सिन्ह्वा

तपाईको प्रतिक्रिया