काठमाडौँ – अर्थ मन्त्रालयले ३१३ वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य केन्द्रका लागि एक अर्ब आठ करोड ५३ लाख रुपियाँ ससर्त अनुदान निकासा गरेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वडास्तरीय स्वास्थ्य सेवा केन्द्रका निर्माणाधीन भवनहरूको दायित्व भुक्तानीका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा रकम निकासा गर्न स्वीकृति दिएका हुन् ।
स्वास्थ्य केन्द्र नरहेका हरेक स्थानीय तहका वडामा स्वास्थ्य केन्द्र निर्माण गर्ने सरकारी योजनाअनुसार अहिले दुई हजार ६२६ वडामा स्वास्थ्य केन्द्र निर्माणको काम भइरहेको छ ।
अर्थ मन्त्रालयले यस्ता स्वास्थ्य केन्द्र निर्माणका लागि करिब ५८ अर्ब रुपियाँ स्रोत सुनिश्चित गरिसकेको छ ।
अर्थ मन्त्रालयका प्रवक्ता सुमन दाहालले चालू आर्थिक वर्ष २०७७/७८ मा स्वास्थ्य केन्द्र निर्माणका लागि चार अर्ब २० करोड रुपियाँ विनियोजन गरिएकोमा यसअघि दुई अर्ब ६९ करोड रुपियाँ निकासा भइसकेको जानकारी दिए ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार, फाल्गुण २०, २०७७
प्रकाशित समय: १३:००:३०