Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

टोकियो – कर्णाली समाज जापानले मानवसेवा आश्रम कर्णाली प्रदेश सुर्खेत शाखालाई सहयोग पठाएको छ । कर्णालीका १० जिल्लामा रहेका विपन्न तथा वेवारिसेलाई उद्धार तथा रेखदेख गर्दै आएको मानवसेवा आश्रम १ लाख ११ हजार १ सय रुपैँया पठाइएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

मानवसेवा आश्रमले वेवारिसेलाई उद्धार, रेखदेख, पालनपोषण, औषधीउपचार तथा पुनर्मिलन गराउँदै आएको छ । बुधबार टोकियोको सिनओकुबोमा एक कार्यक्रमकाबीच कर्णाली प्रदेश समाज जापानका अध्यक्ष कृष्ण शाहीले फोरेक्स रेमिट जापानका प्रतिनिधि बाबुराम पौडेललाई सहयोग नेपाली १ लाख ११ हजार १ सय हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा अध्यक्ष शाहीले आर्थिक सहयोग गरेर साथ समाजका सल्लाहकारलगायत सम्पूर्ण सदस्य तथा शुभचिन्तकलाई धन्यवाद ज्ञापन गरेका थिए । स्थापनाको छोटो समयमै कर्णाली प्रदेश समाज जापान सामाजिक कार्य गर्दै आएको छ । यसअघि पनि जापानमा अलपत्र परेका कर्णालीका विद्यार्थीहरुलाई आर्थिक तथा अन्य सहयोग गरेको थियो ।

तपाईको प्रतिक्रिया