Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

विराटनगर – सेनिटाइजर पिएका विराटनगरमा एकै दिन दुई जनाको ज्यान गएको छ । कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा एक पुरुष र एक महिलाको मृत्यु भएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

श्रीमतीसँग विवाद हुँदा सेनिटाइजर सेवन गरेका मोरङको जहदा गाउँपालिका-४ का ६० वर्षीय दिनेश मण्डलको सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिएका छन् । यस्तै झापाको शिवसताक्षी नगरपालिका-४ घर भई विराटनगर महानगरपालिका-१७ रघुपति लाइन क्वार्टरमा बस्दै आएकी ६५ वर्षीया अम्बिका गिरीको सेनिटाइजर पिएका कारण मृत्यु भएको छ ।

प्रहरीका अनुसार गिरीले मदिरा भनेर सेनिटाइजर सेवन गरेकी थिइन् । मण्डलले पारिवारिक विवादपछि सेनिटाइजर सेवन गरेका थिए । मदिराको नशामा रहेकी गिरीले शनिबार राति ११ बजेतिर बोतलमा रहेको आधा सेनिटाइजर सेवन गरेकी थिइन् ।

पारिवारिक विवादपछि मण्डलले पनि शनिबार नै सेनिटाइजर सेवन गरेका थिए । मण्डलको कोशी अस्पतालको आईसीयूमा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेनन्ट डा. चुमनलाल दासले जानकारी दिए । मण्डलको स्वास्थ्य जाँच गर्दा अर्गानो फोसफरस देखिएको उनले बताए । महिलाले सेनिटाइजर सेवन गरेको भए पनि मृत्युको कारण शरीरमा भएको अन्य रोग र निसासिएका कारण मृत्यु भएको उनले बताएका छन् ।

तपाईको प्रतिक्रिया