टोकियो – टोकियो ओलम्पिक आयोजक समितिका नयाँ अध्यक्ष सिको हाशिमोटाले खेलकुदका बेला दर्शकलाई पनि प्रवेश दिनुपर्नेमा जोड दिएकी छन् । कोरोना महामारीका कारण एक वर्ष पछि हुन लागेको ओलम्पिकमा दर्शकलाई प्रवेश दिने की नदिने भन्ने बहस अहिले पनि जारी छ ।
टोकियो ओलम्पिक आयोजक समितिका पूर्व अध्यक्षले विवादास्पद अभिव्यक्ति दिएकै कारण पदबाट राजीनामा दिएका थिए । त्यसपछि चयन भएका नयाँ अध्यक्ष हाशिमोटाले २३ जुलाईदेखि शुरुहुने ओलम्पिक महाकुम्भ मेलामा दर्शकलाई अनुमति दिनुपर्ने लविङमा लागेकि छन् । यद्दपि उनको प्रयासलाई जापान सरकारले भने कुनै प्रतिक्रिया दिएको छैन ।
जापानीज सञ्चारमाध्यमसँग कुरा गर्दै हाशिमोटाले भनिन् ‘स्टेडियममा दर्शक आवश्यक हुन्छ । तर, निश्चित संख्यामा मात्रै दर्शकलाई प्रवेश अनुमति दिनुपर्छ ।’ अन्य खेलकुदहरुमा दर्शक प्रवेशको अनुमति भइरहेको बेला ओलम्पिकमा पनि सोही नियम लागू गर्नुपर्नेमा उनको जोड थियो ।