Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

Photo: AP

काठमाडौं– सरकारले कोरोना भाइरस विरुद्धको खोप खरिदका लागि निजी क्षेत्रलाई पनि अनुमति दिने तयारी गरेको छ।

स्वास्थ्य मन्त्रालयले आइतबार आयोजना गरेको प्रधान सम्पादकसँगको अन्तरक्रियामा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले खोप खरिदका लागि निजी क्षेत्रलाई पनि अनुमति दिने तयारी गरेको बताए।

उनले भने, ‘हाम्रो सोचाइ के हो भने, २० प्रतिशत जनतालाई खोपको सुनिश्चितता भइसकेपछि हामी निजी क्षेत्रलाई पनि खोप आयातको लागि खुला गर्छौं। तर हामीले तोकेको सर्त पुरा गर्नुपर्छ।’

उनले निजी क्षेत्रलाई खोप आयात गर्न दिन कानुनी बाटो पनि खुल्ला भइसकेको बताए।

तर, निजी क्षेत्रले खोप आयत गर्न स्वास्थ्य मन्त्रालयले तोकेको तीन सर्त पुरा गरेपछि मात्र खोप आयात तथा बिक्री गर्न पाउनेछन्।

सचिव अर्यालका अनुसार निजी क्षेत्रले खोप आयात गर्न मन्त्रिपरिषद्ले तीन सर्त पुरा गर्नुपर्ने निर्णय गरिसकेको छ। ती तीन सर्त भनेको सरकारले तोकेको मुल्य, स्वास्थ्य मन्त्रालयले तोकेको स्वास्थ्य संस्थामा मात्रै वितरण गर्नुपर्ने र स्वास्थ्य मन्त्रालयले तोकेको प्राथमिकताको आधारमा मात्र खोप लगाउनुपर्ने हो।

यी तीनवटा सर्त पुरा गर्ने निजी क्षेत्रलाई खोप आयात खुला गरिने सचिव अर्यालको भनाइ छ।

तर खोप आयतका लागि पहिला नेपालमा ल्याइने खोप कति मात्रा? कहिलेसम्म ल्याउने र खोपको मुल्य कति हो? भनेर सम्पूर्ण विवरण औषधि व्यवस्था विभागमा पेस गरी विभागमा खोप दर्ता गर्नुपर्ने सचिव अर्यालले बताए।

सरकारले तोकेको सर्त पुरा गर्ने निजी क्षेत्रलाई मात्र खोप आयातका लागि खुला गरिने उनको भनाइ छ।

हाल नेपालमा पहिलो प्राथमिकतामा परेका ४ लाखभन्दा बढीले खोपको पहिलो डोज लगाइसकेका छन्। आगामी फागुन २३ गतेदेखि ५५ वर्ष माथिका नागरिकलाई दोस्रो प्राथमिकतामा राखेर खोप कार्यक्रम संचालन हुँदै छ।

नेपालमा पहिलो पटक भारत सरकारले अनुदानमा दिएको १० लाख डोज कोभिसिल्ड खोप ल्याइएको थियो भने सरकारले २० लाख डोज खोप खरिद गरि १० लाख डोज खोप ल्याइसकेको छ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया