Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौँ – काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १ मा फेरि बर्ड फ्लु देखिएको छ । पशु सेवा विभागका अनुसार स्थानीय किसानले पालेका कुखुरामा बर्ड फ्लु रोग (एच५एन८) पुष्टि भएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

एक महिनादेखि काठमाडौंको तारकेश्वर नगरपालिका र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका क्षत्रेमा बर्ड फ्लु भेटिँदै आएको छ । तारकेश्वर नगरपालिका वडा नम्बर १ मा पालिएका कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा आरटी पीसीआर विधिबाट परीक्षण गर्दा बुधबार बर्ड फ्लु पुष्टि भएको विभागकी महानिर्देशक डा. दमयन्ती श्रेष्ठले जानकारी दिइन् ।

रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिई तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरूलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरिसकिएको विभागले जानकारी दिएको छ ।

विभागका अनुसार ५६५७ लेयर्स कुखुरा, ७२३६ ब्रोइलर कुखुरा, २५०४ लोकल कुखुरा, ५० टर्की १७ बट्टाई ३५७० अण्डा र ३००० केजी दाना नष्ट गरी सुरक्षित तबरले तह लगाइसकिएको छ। साथै रोग देखा परेको क्षेत्रलाई पूर्ण निःसंकमण समेत गरिसकिएको पनि महानिर्देशक श्रेष्ठले बताइन् ।

तपाईको प्रतिक्रिया