काठमाडौँ – कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएपछि नर्भिक अस्पतालमा उपचार भइरहेको छ । नर्भिक अस्पतालको आईसीयूको भेन्टिलेटरमा राखेर उनको उपचार गरिँदैछ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
न्युरोसर्जन डा. राजीव झासहितको चिकित्सकको टोली जोशीको उपचारमा संलग्न छ । डा. झाका अनुसार उच्च रक्तचापका कारण जोशीलाई मस्तिष्कघात भएको हो ।
डा. झाका अनुसार जोशीको मस्तिष्कको जुन भागमा रगत जमेको छ, त्यस्तो भागमा रगत जमेपछि निको हुन लामो समय लाग्न सक्छ । ‘उहाँलाई बचाउन सकिए पनि शरीरले कसरी काम गर्छ यकिनसाथ भन्न सकिन्न,’ डा.झाले भने ।
जोशीलाई बिहीबार राति शरीरको देब्रेपट्टिको भागमा समस्या देखिएपछि वीर अस्पतालमा भर्ना गरिएको थियो । शुक्रबार बिहान थप उपचारका लागि उनलाई वीरबाट नर्भिक सारिएको सहयोगी पुष्कर पाण्डेले बताए ।
प्रकाशित मिति: शुक्रबार, फाल्गुण १४, २०७७
प्रकाशित समय: १६:२३:१४