Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं – चालु आर्थिक वर्ष २०७७/७८ को ७ महिना अवधिमा मुलुकले ७ खर्ब ३३ अर्ब ७२ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ। भन्सार विभागको तथ्यांकअनुसार माघ मसान्तसम्ममा नेपालले ८ खर्ब ७३ अर्ब ५६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गर्दा सवा ७ खर्बभन्दा बढी घाटा व्यहोरेको देखिएको हो।

विभागको तथ्यांकअनुसार माघ मसान्तसम्ममा ८ खर्ब ३ अर्ब ६४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने ६९ अर्ब ९१ करोड रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष आयात ०.०१ प्रतिशतले बढेको छ भने निर्यात ७.६१ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको पहिलो ७ महिना अवधिमा मुलुकले व्यहारेको व्यापार घाटाको तुलनामा यस वर्ष व्यहारेको घाटा भने ०.६६ प्रतिशतले कम हो। गत आर्थिक वर्षको माघ मसान्तसम्ममा मुलुकले ७ खर्ब ३८ अर्ब ६८ करोड रुयैयाँ बराबर व्यापार घाटा व्यहारेको थियो।

गत आर्थिक वर्षको तुलनामा आयात–निर्यात अनुपात घटेको विभागको तथ्यांकले देखाउँछ। गतवर्ष माघ मसान्तसम्ममा १२.३७ रहेको यस्तो अनुपात चालु आर्थिक वर्षको माघसम्ममा ७.०७ प्रतिशतले घटेर ११.४९ कायम भएको छ। यसरी हेर्दा यो अवधिमा मुलुकले गरेको कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९२ प्रतिशत र निर्यातको हिस्ता ८ प्रतिशत बराबर रहेको देखिन्छ।

गत माघसम्को तथ्यांक हेर्दा नेपालले भारतसँग मात्र ४ खर्ब ८२ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ। यो अवधिमा नेपालले भारतबाट ५ खर्ब ३१ अर्ब ९५ करोड रुपैयाँ बराबरको सामान आयात गरेको छ भने ४९ अर्ब ९३ करोड रुपैयाँ बराबरको मात्रै निर्यात गरेको छ। त्यस्तै चीनसँग १ खर्ब १६ अर्ब १२ करोड रुपैयाँ बराबरको वस्तु आयात र ५५ करोड ७१ लाख रुपैयाँ बराबरको मात्र वस्तु निर्यात गर्दा नेपालले १ खर्ब ५५ अर्ब ५६ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ।

यो अवधिमा विरगंज भन्सार नाकाबाट सबैभन्दा धेरै वैदेशिक व्यापार भएको देखिन्छ। यो नाकाबाट ७ महिना अवधिमा २ खर्ब ५४ अर्ब ९३ करोड रुपैयाँ बराबरको मालवस्तु आयात हुँदा २२ अर्ब ३८ करोड रुपैयाँ बराबरको निर्यात भएको छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया