Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

टोकियो – जापानका ओलम्पिक मन्त्री सेइको हाशिमोतोले टोकियो २०२० खेल प्रमुखका रूपमा जिम्मेवारी सम्हालेकी छन् । महिलाबारे विवादास्पद अभिव्यक्ति दिएको आरोपपछि ८३ वर्षीय पूर्व प्रमुख योशिरो मोरीले पदबाट केही दिन पहिले राजिनामा दिएपछि खाली पदमा सात पटकको ओलम्पियन हाशिमोतो चयन भएकी हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

‘स्पीड स्केटिङ्’ र ‘स्प्रिन्ट साइक्लिस्ट’मा सात पटकसम्म जापानको प्रतिनिधित्व गरी ओलम्पिकमा सहभागिता जनाएकी हासिमोतो जापानको मन्त्रिपरिषद्मा दुई जना महिलामध्ये एक थिइन् । उनले खेलको जिम्मेवारी सम्हाल्ने निश्चित भएपछि बिहीबार नै प्रधानमन्त्री समक्ष मन्त्री पदबाट राजिनामा दिइसकेकी छन् ।

महिलामाथि लैङ्गिक विभेद् गरेको भनिएको मोरीको अभिव्यक्तिलाई लिएर जापानका साथै विश्वभर उनको कडा आलोचना भएपछि मोरीले राजिनामा दिन बाध्य भएका छन् । टोकियो २०२० खेलको प्रमुख पद सम्हालेपछि हासिुमोतोले खेलको सफलताका लागि मेरो प्रयास रहने बताउदै खेल सफलताका लागि कोरोना भाइरसको महामारी प्रमुख चुनौती रहेको तर खेलका स्वदेशी तथा विदेशी सहभागी तथा दर्शकको सुरक्षाका लागि कुनै कसर बाँकी नराखिने बताइन् ।

टाकियो २०२० का उपाध्यक्ष तासियाकी एन्डोले नयाँ प्रमुखलाई स्वागत गर्दै भने, ‘खेलको पाँच महिनाअघि मोरीको प्रस्थान तयारीको दृष्टिकोणबाट अत्यन्त दुःखद् हो ।’ उनले थपे, ‘हामीले नयाँ प्रमुखबाट चाँडोभन्दा चाँडो कुनै निर्णय लिनु पर्छ र यो उपयुक्त प्रक्रियाबाट पारित हुनु आवश्यक छ किनकि यस मुद्दाले देश र विदेशमा ध्यान आकर्षित गरेको छ ।’

तपाईको प्रतिक्रिया