Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौँ – बुधबारबाट डाक्टरलाई जँचाउने शुल्क वृद्धि भएको छ । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले एक विज्ञप्ति जारी गर्दै बुधबारबाट लागू हुने गरी चिकित्सकहरुको परामर्श शुल्क बढाउने निर्णय गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नयाँ शुल्क चिकित्सकको योग्यता र अनुभवका आधारमा निर्धारण गरिएको छ । पाँच वर्षसम्म अनुभव भएको डाक्टरको शुल्क ३७० रुपैयाँ तोकिएको छ भने ५ वर्षभन्दा बढी अनुभव भएका डाक्टर जँचाउने शुल्क ४५० रुपैयाँ तोकिएको छ । त्यसैगरी १० वर्षसम्म अनुभव भएका डाक्टरको शुल्क ८२५ रुपैयाँ तोकिएको छ ।

स्वास्थ्यमा क्रियाशील ट्रेड युनियन तथा पेशागत संघ संगठनहरुको संयुक्त संघर्ष समितिसँग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ ४ गते सम्झौता गरी चिकित्सकहरुको परामर्श शुल्कलाई ३० दिनभित्रमा लागू गर्ने प्रतिबद्धता जनाएको थियो । सो प्रतिबद्धता कार्यान्वयन नभएपछि फागुन ४ गते बसेको अफिन र नेपाल चिकित्सक संघको संयुक्त बैठकले नेपाल राष्ट्र बैंकको मुद्रा स्फीति तथा शुल्क परामर्श समितिको सिफारिसका आधारमा शुल्क तोकिएको विज्ञप्तिमा उल्लेख छ ।

साथै निजीका स्वास्थ्य संस्थाहरुमा काम गरेर मासिक रुपमा पारिश्रमिक लिने डाक्टरहरुको न्युनतम पारिश्रमिक ४२ हजार कायम गराउने जानकारी दिइएको छ ।

तपाईको प्रतिक्रिया