Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

टोकियो – जापानले कोरोनाभाइरस विरुद्धको खोप अभियान बुधबारदेखि शुरु गरेको छ । जापानी स्वास्थ्य अधिकारीहरुका अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मीलाई खोप दिइने छ । जापानले हालसम्म फाइजर कम्पनीको खोप मात्र स्वीकृत गरेको छ । बुधबार बिहान टोकियो अस्पतालमा पहिलो खोप दिएर खोप अभियान शुरु भएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

टोकियो मेडिकल सेन्टरका निर्देशक काजुहिरो आराकीले जापानमा खोप लगाउने पहिलो व्यक्ति हुनु भएको छ । खोप लगाएपछि पत्रकारहरुसँग कुरा गर्दै निर्देशक काजुहिरोले कोरोनाभाइरस नियन्त्रणमा ल्याउने सबैभन्दा प्रभावकारी विधि खोप हो भन्ने ठानेर आफूले खोप लिएको बताए ।

उनले भने, ‘खोप लगाउँदा त्यति दुखेको अनुभूति भएन । मलाई ठीकै लाग्यो ।’ जापानले पहिलो चरणमा देशभरका ४० हजार स्वास्थ्यकर्मीलाई खोप दिने तयारी गरेको छ । तीमध्ये २० हजार व्यक्तिमा दुई डोज खोप लगाइसकेपछि उनीहरुमा खोपको प्रभावकारिता अध्ययन गरिने जापानी स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार खोप लगाइएका व्यक्तिमा कुनै नकारात्मक असर हुने, नहुने बारेमा तीन हप्तासम्म अध्ययन गरिनेछ । त्यसपछि मार्चदेखि अरु ३७ लाख स्वास्थ्यकर्मीलाई खोप दिइने तयारी सरकारको छ । अप्रिलदेखि ६५ वा सोभन्दा बढी उमेरका तीन करोड ६० लाख व्यक्तिलाई खोप दिइने छ ।

खोप अभियानको व्यवस्थापन गरिरहेका जापानका मन्त्री तारो कोनोले आमजनतालाई खोप दिने बारेमा अझै समय नतोएिको बताए । उनले जापानका लागि आवश्यक कोभिड-१९ खोपका लागि तीन वटा प्रमुख फर्मास्युटिकल फर्मसँग सम्झौता भइसकेको जानकारी दिए । हालसम्म जापानले फाइजरको खोपलाई मान्यता दिएको छ, तर अस्ट्राजेनिकाले पनि स्वीकृतिका लागि निवेदन दिएको छ ।

जापानमा कुनै पनि खोपको स्वीकृति प्रक्रिया निकै सुस्त हुने गरेको छ किनभने खोप स्वीकृत गर्नुअघि देशभित्रै परीक्षण गरेको हुनु पर्ने व्यवस्था छ । बेलायत वा संयुक्तराज्य अमेरिकाको तुलनामा जापानमा कोरोनाभाइरसको संक्रमण कमै देखिएको थियो । जापानमा करिब चार लाख १८ हजार संक्रमित हुनुका साथै करिब ७ हजारको मृत्यु भएको थियो । –एएफपी

तपाईको प्रतिक्रिया