Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समिति तथा वैदेशिक रोजगार तथा कल्याण विभागको संयुक्त प्रयासमा विश्वव्यापी विस्तृत टेली-हेल्थ सेवा सुरु भएको छ ।

गत शुक्रबारदेखि सुरु भएको यो सेवाबाट विश्वका कुनै पनि ठाउँमा बसोबास गर्ने नेपाली मूलका कुनै पनि व्यक्तिले लाभ लिन सक्नेछन् । यस कार्यक्रममा सबै क्षेत्र र विधाका स्वास्थ्य विशेषज्ञ र चिकित्सकहरु सहभागी छन् ।

मिर्गौला, कलेजो, मुटु, आँखा, नाक, कान, घाँटी तथा मुखसम्बन्धी स्वास्थ्य विज्ञदेखि डाइटिसियन र फिजियोथेरापिस्ट, दन्त चिकित्सकलगायत अन्य थुप्रै स्वास्थ्य विज्ञहरुले जिज्ञासा वा समस्याको सम्बोधन गर्ने संघले विज्ञप्तिमार्फत जनाएको छ ।

टेली-हेल्थ कार्यक्रमबाट कसरी सेवा लिने ?
तपाईंले आफ्नो मोबाइलमा रहेको भाइबर, ह्‌वाट्सएपमार्फत टेली-हेल्थ कार्यक्रममा सहभागी हुन वा यसमार्फत स्वास्थ्य विज्ञहरु सँग प्रत्यक्ष सम्पर्क गर्न सकिने संघले जनाएको छ । त्यसका लागि नेपालबाहिर भए ९७४-५५५-६५३२० वा ९७७ ९८०-२३१-४७३९ र नेपालभित्र भए मोबाइल नम्बर ९८०२३१४७३९ मार्फत सम्पर्क गर्न सकिनेछ । साथै [email protected] मा इमेलमार्फत आफ्ना स्वास्थ्य जिज्ञासा लेखेर पठाउन सकिनेछ ।

टेली-हेल्थ कार्यक्रमबाट सेवा प्राप्त गर्न शुल्क लाग्छ ?
यस कार्यक्रमार्फत सेवा लिए बापत कुनै पनि शुल्क लाग्दैन ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया