Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौं – कोरोना भाइरसविरुद्धको खोपको पहिलो प्राथमिकताको दोस्रो अभियानमा २ लाख ६२ हजार ८७६ जनालाई खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

आइतबारदेखि सञ्चालन भएको कोभिड खोपको पहिलो प्राथमिकताको दोस्रो अभियान देशभर सञ्चालन भइरहेको छ । पहिलो चरणमा ४ लाख ३० हजारलाई खोप लगाउने अभियान पूरा नभएपछि सरकारले दोस्रो प्राथमिकता निर्धारण गरी अहिले सरकारी कर्मचारी र जनप्रतिनिधिलाई खोप लगाउन थालेको हो ।

साथै पहिलो चरणमा छुटेका फ्रन्टलाइनरलाई पनि यस चरणमा खोप दिइनेछ । अहिले भारतले अनुदानमा दिएको १० लाख डोज खोप लगाउने क्रम चलिरहेको छ । परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा. झलक शर्मा गौतमका अनुसार दोस्रो प्राथमिकतामा ७ दिनभित्र २ लाख ६२ हजार ८७६ जनाले खोप लगाउनेछन् ।

पहिलो चरणको खोप अभियान माघ १४ बाट सुरु भएको थियो । ११ दिन चलेको खोप अभियानमा १ लाख ८४ हजार ३४५ जनाले खोप लगाएका थिए । त्यस्तै, पत्रकार र कूटनीतिक नियोगका अधिकारीहरुलाई २६ माघबाट ५ दिन खोप लगाइएको थियो । त्यसबेला ३ हजार ४८० जनाले खोप लगाएका थिए । करिब ३ लाख खोप बाँकी रहेका कारण मन्त्रालयले एक हप्ता पुनः पहिलो चरणको खोप अभियान चलाउन लागेको हो ।

फागुन ८ गतेसम्म चल्ने अभियानमा प्रदेश १ का ३९ हजार ४९६, प्रदेश २ का ३४ हजार ५७२, बागमती प्रदेशका ८१ हजार ३७०, गण्डकी प्रदेशका २५ हजार ८७२, लुम्बिनी प्रदेशका ४० हजार ५३८, कर्णाली प्रदेशका १९ हजार ६३९ र सुदूरपश्चिम प्रदेशका २१ हजार २९३ जना गरी २ लाख ६२ हजार ८७६ जना सहभागी हुने अनुमान छ ।

तपाईको प्रतिक्रिया