Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले संयुक्तरुपमा विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ । डब्ल्यूएचओका विशेषज्ञहरुको समूहले गरेको सिफारिसअनुसार यो खोपलाई आपतकालीन प्रयोगको अनुमति दिइएको हो ।

डब्ल्यूएचओले सोमबार एक विज्ञप्ति जारी गर्दै तुलनात्मकरुपमा सस्तो मानिएको दक्षिण कोरियाको एस्ट्राजेनेका एसकेबायो र सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको सोही खोपलाई पनि अनुमति दिएको बताएको छ । डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानम गेब्रेयेससले अहिले तीव्र गतिमा खोप वितरणको लागि केही खोप रहेको तर खोप उत्पादन बढाउनु आवश्यक रहेको बताएका छन् ।

यसअघि विशेषज्ञहरुले यो खोपको दुई डोज आठदेखि १२ साताको बीचमा लिनुपर्ने सुझाव दिएका थिए । तुलनात्मकरुपमा सस्तो र सामान्य तापक्रममा पनि राख्न सकिने भएकाले अहिले विश्वभर एस्ट्राजेनेकाको खोपको माग अत्यधिक छ । यद्यपि एस्ट्राजेनेका अहिले खोप उत्पादनसम्बन्धी समस्यामा फसेको छ ।

डब्ल्यूएचओले विश्वका सबै मुलुकमा कोरोना खोप पुर्‍याउने लक्ष्यसहित ल्याएको कोभ्यास कार्यक्रम अन्तर्गत ३३ करोड डोज कोरोना खोप वितरणको काम फेब्रुअरीको अन्तिमबाट सुरु हुनेछ । यो कार्यक्रममा पनि एस्ट्राजेनेकाको खोपले निकै महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया