Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं – भारतले आउँदो वर्ष नेपाललाई दिने वित्तीय अनुदानमा गत वर्षको तुलनामा करिब तीन अर्ब रुपैयाँ बढाएको छ । भारतीय वित्त मन्त्री निर्मला सीतारमणले सोमबार लोकसभामा पेश गरेको २०२१-२२ को बजेटमा नेपाललाई दिने अनुदानमा गत वर्षको तुलनामा करिब दुई अर्ब भारुले वृद्धि गरिएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

बजेटमा आगामी वर्षका लागि नेपाललाई दिने अनुदानका लागि ९ अर्ब ९२ करोड भारु (१५ अर्ब ८७ करोड रुपैयाँ) विनियोजन गरिएको छ । दुई देशबीचको सम्बन्ध सुधारोन्मुख दिशामा अगाडि बढिरहेको सन्दर्भमा भारतले बजेटमा गरेको वृद्धिलाई अर्थपूर्ण ठानिएको छ ।

गत वर्षको बजेटमा भने सुरुमा ८ अर्ब भारु (१२ अर्ब ८० करोड रुपैयाँ) मात्र विनियोजन गरिएको थियो । गत वर्ष भने अघिल्लो वर्षको तुलनामा नेपाललाई दिने अनुदानमा करिब आधाले नै घटाइएको थियो । भारतले सन् २०१९-२१ का लागि करिब १२ अर्ब भारु अनुदान दिएकोमा गत वर्ष अर्थात् सन् २०२०-२१ का लागि ८ अर्ब भारु मात्र विनियोजन गरेको थियो । पछि बजेटमा विनियोजित भन्दा थप ८० करोड भारु नेपाललाई दिइएको भारतको अर्थ मन्त्रालयको बजेट विवरणमा उल्लेख छ । भारत सरकारले विदेश मन्त्रालयमार्फत् नेपाललाई वित्तीय सहयोग गर्दै आएको छ ।

विगतका वर्षहरुमा जस्तै भारतबाट अनुदान पाउनेमा यसवर्ष पनि भुटान पहिलो नम्बरमा छ । भुटानका लागि ३० अर्बभन्दा बढी अनुदान दिइने जनाइएको छ । भारतले श्रीलंकालाई दिने अनुदानमा भने उल्लेख्य वृद्धि गरेको छ । गत वर्ष ७५ करोडमात्र अनुदान दिइएकोमा यस वर्ष त्यसलाई बढाएर २ अर्ब भारु पु-याइएको छ ।

  • यस्तो छ भारतले घोषणा गरेको छिमेकी मुलुकलाई दिने अनुदान (भारुमा)

-भुटान– ३० अर्ब ४ करोट
-नेपाल – ९ अर्ब ९२ करोड
-अफगानिस्तान – ३ अर्ब ५० करोड
-बंगलादेश – २ अर्ब
-नेपाल – ९ अर्ब ९२ करोड
-श्रीलंका – २ अर्ब
-माल्दिभ्स – २ अर्ब ५० करोड
-म्यानमार – ४ अर्ब

तपाईको प्रतिक्रिया