Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौँ – ब्राण्ड फाइनान्स ग्लोबल ५०० को लिस्ट जारी गरेको छ । उक्त लिष्टमा एप्पलले एक पटक पुन: विश्वको सबैभन्दा ठुलो ब्राण्ड बनेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

त्यस्तै पहिलो पटक उक्त सुचीमा सहभागी भएको भारतको रिलायन्स जियो सबै भन्दा ठुलो ब्राण्डको लिस्टको पाँचौं स्थान रहेको छ । ब्राण्ड फाइनान्स ग्लोबल ५०० रिपोर्टको थुप्रै क्याटगरीमा जारी हुनेगर्दछ । यसमा सबैभन्दा मुल्यवान ब्राण्डको रुपमा एप्पलले सबै भन्दा अगाडी रहेको छ ।

ब्राण्ड फाइनान्स ग्लोबल ५०० ले १९.२ लाख करोड रुपैयाँ मुल्य भएको एप्पललाई पुन: एक पटक आफ्नो सुचीको शिर्ष स्थानमा राखेको छ । त्यसपछि अमेजन र गुगल रहेका छन् । एप्पलले आफ्नो उत्पादन, आइफोन, आइप्याड, म्याक कम्प्युटर र अन्य प्रमुख उत्पादनको निर्माण अब चीनबाट बाहिर शिफ्ट गर्ने भएको छ ।

एप्पलले भियतनाम र भारतलाई नयाँ म्यान्युफेक्चरिंग सेन्टर बनाउन सक्ने बताइएको छ । इन्टरनेशनल बिजनेस म्याग्जीन निक्केई एशियाले आफ्नो एक रिपोर्टमा यस सम्भावना व्यक्त गरेको छ । यस बाहेक, रिपोर्टमा जियो टेलिकम सेक्टरमा ब्राण्ड मुल्यको हिसाबले सबै भन्दा तिब्र रुपमा अगाडी बढिरहेको ब्राण्ड मुल्य भएको ब्राण्ड भएको बताइएको छ ।

ब्राण्ड फाइनान्सद्वारा घोषणा गरिएको अनुसार, सबै भन्दा शक्तिशाली ब्राण्ड वी च्याट हो जसमा सय मध्ये ९५.४को ब्राण्ड स्ट्रेन्थ इन्डेक्स (बीएसआइ) स्कोर प्राप्त गरेको छ । अटो क्षेत्रको सबैभन्दा ठुलो ब्राण्ड फेरारी दोश्रो स्थानमा रहेको छ, रुसी बैंक सबेर र कोका कोला विश्वमा तेश्रो र चौंथो ठुलो ब्राण्ड रहेको छ ।

तपाईको प्रतिक्रिया