टोकियो – जापानको निर्यातमा ११ वर्षयताकै उच्च कमी देखिएकोे छ । कोरोना भाइरस महामारीका कारण विश्वमा विभिन्न वस्तुको माग घटेसँगै सन् २०२० मा जापानी निर्यात प्रभावित भएको हो ।
बिहीवार सरकारले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकअनुसार समीक्षा अवधिमा जापानले ६ खर्ब ६० अर्ब डलर बराबरको निर्यात गरेको छ । निर्यातको यो आकार अघिल्लो वर्षको तुलनामा ११ दशमलव १ प्रतिशत कम हो । योे कमी सन् २००९ यताकै उच्च हो ।
त्यति बेला विश्वव्यापी वित्तीय संकटका कारण निर्यात ३३ दशमलव १ प्रतिशतले घटेको थियो । सोही अवधिमा आयात पनि १३ दशमलव ८ प्रतिशतले घटेको छ । आयातमा आएको यो कमी पनि सन् २०१६ यताकै न्यून हो । कच्चा तेल र ऊर्जाका अन्य स्रोतको भाउमा आएको कमीका कारण आयात घटेको हो ।
सन् २०२० मा बाँकी विश्वसँगको व्यापारमा जापानले ६ खर्ब ७४ अर्ब ७३ करोड येन बचत गरेको छ । यो तीन वर्षयताको पहिलो व्यापार बचत हो । –एजेन्सी