Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौं – स्रोत नखुलेको एक करोड ४७ लाख ८६ हजार रुपैयाँसहित एकजना भारतीय नागरिक काठमाडौंबाट पक्राउ परेका छन् । कपिलबस्तुबाट निजी गाडीमा काठमाडौं आएका ३० वर्षीय अमित कुमार गुप्तालाई प्रहरीले आज बिहान चार बजेतिर पक्राउ गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उनी सवार गाडी चालक नेपाली नागरिक २२ वर्षीय संगम थारुलाई पनि पक्राउ गरिएको छ । गाडीमा राखिएको झोला खानतलासी गर्दा स्रोत नखुलेको उक्त रकम भेटिएको काठमाडौं प्रहरी स्रोतले जनाएको छ ।

दुवै जनालाई दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने प्रहरीको तयारी छ । प्रदेश ३-०१-०२३ च २२५९ नम्बरको कारलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कारभित्र ३ वटा झोलामा लुकाई राखेको अवस्थामा रकम बरामद भएको थियो ।

पक्राउ पर्नेहरुमा भारत गोरखपुर बस्ने ३० वर्षीय अमित कुमार गुप्ता र कार चालक कपिलबस्तु बाँणगंगा नगरपालिका-४ बस्ने २२ वर्षीय संगम थारु रहेका छन् । यस घटनाबारे आज दिउँसो पत्रकार सम्मेलन गरेर जानकारी दिने नेपाल प्रहरीको तयारी छ ।

तपाईको प्रतिक्रिया