आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौँ – सलमान खानका भाइ अरवाज खानसँग डिर्भोसपछि बलिउड अभिनेत्री मलाइका अरोडा खान केही वर्षयता अभिनेता अर्जनु कपूरसँग प्रेममा रहेको हल्ला चलेको छ ।

दुबै एकसाथ देखिनु एक अकार्को घरमा भएको विशेष कार्यक्रममा सरिक हुनु उनीहरुकालागी सामान्य बनिसकेको छ । यसबीच मलाइका र अर्जुन कपूर फेरी एक पटक गोवामा छुट्टि मनाइरहेका छन् ।

रोचक त के छ भने यी दुबैका साथमा मलाइका छोरा अरहान र अमृता अरोडा पनि छन् । सबैले एकासाथ गोवामा क्रिसमस मनाउन पुगेका थिए । अब उनी नयाँ वर्ष २०२१ समेत मनाएर फर्किने तयारीमा छन् । उनीहरुको समुहमा निर्माता निर्देशक करण जौहर समेत सरिक छन् ।

मलाइकाले शेयर गरेको गोवा ट्रिपको तस्वीरमा उनकी बहिनी अमृता र करण देखिएका छन् । यसैबीच विवादको घेरामा रहेको मलाइका र अर्जुनको सम्बन्ध सन् २०२१ भित्र विवाहमा परिणत हुने संकेत देखिएको छ ।

तपाईको प्रतिक्रिया