आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा )का नेता अशोक राईले प्रधानमन्त्री केपी शर्मा ओली (खड्ग ओली) ले संविधान र संसदमाथि नै खड्ग प्रहार गरेको बताएका छन् ।

संसद विघटनको विरोधमा आज जसपाले काठमाडौंमा गरेको विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै नेता राईले प्रतिनिधिसभाको अधिवेशन बोलाउनुपर्ने बेलामा ओलीले संविधानका व्यवस्थाहरु कुल्चिएर संसद भंग गराएको बताए । ‘त्यसैकारण खड्ग प्रहार गर्नेहरु बाहेक सबै यसको विरोधमा छन्’ उनले भने ।

प्रधानमन्त्री ओलीले पार्टी र संसदीय दलमा बहुमत गएको र संसद बोलाउँदा प्रधानमन्त्रीको कुर्सी असुरक्षित हुने भएकाले प्रतिनिधिसभा भंग गरेको उनको आरोप छ । राईले भने, ‘एउटा मान्छेको अहंकारका लागि, सत्ता लोलुपताका लागि संसदमाथि खड्ग प्रहार गरिएको छ । मुलुकमा आगो लगाइएको छ ।’ असंवैधानिक घोषणा खारेज गर्नुपर्ने र संसदको अधिवेशन तत्काल बोलाउनु पर्ने उनले बताए ।

तपाईको प्रतिक्रिया