आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – भिडियो शेयरिंग प्लेटफर्म यूट्यूबमा आफ्नो च्यानलमार्फत विश्वको सबैभन्दा धेरै आम्दानी गर्ने एक ९ वर्षिय बालक रायन काजी रहेका छन् ।

विभिन्न किसिमका खेलौनाहरुको रिभ्यू गर्ने रायन यूट्यूबमा तेश्रो पटक पनि विश्वको सबैभन्दा धेरै आम्दानी गर्ने व्यक्ति भएको हालै फोब्र्स (अमेरिकी आर्थिक पत्रिका)ले सार्वजनिक गरेको प्रमुख १० सूचीको रिपोर्टमा उल्लेख छ ।

रायनले सन् २०२० मा २ करोड ९५ लाख डलर आम्दानी गरेका छन् । गत वर्ष उनले २ करोड ६० लाख डलर कमाएका थिए । त्यस्तै २०१८ को जुनदेखि २०१९ को जुन महिनासम्म रायनले २ करोड २० लाख डलर आम्दानी गरेका थिए ।

मार्च २०१५ सालमा रायनको अभिभावकले “रायन वल्र्ड” नामक च्यानल बनाएका थिए । यो च्यानलमा अहिले ४१.७ मिलियन सब्स्क्राइबर  छन् । रायनका पिता जापानी हुन् । उनि आफ्नो परिवारसहित संयुक्त राज्य अमेरिकामा बस्दछन् ।

 

तपाईको प्रतिक्रिया