Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौं – नेपाल वायुसेवा निगमको हङहङ उडान पुनः सोमबारदेखि शुरू हुने भएको छ । चौंथो पटकसम्म उडान शुरू गरेर यात्रुमा कोभिड पोजिटिभ देखिएपछि उडानमा प्रतिबन्ध लागेको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

हङकङ जाने यात्रुले अब ४८ घण्टाभित्रको कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने व्यवस्था निगमले गरेको छ । निगमले अन्य गन्तव्यमा ७२ घण्टाको कोभिड परीक्षणको नेगेटिभ रिपोर्टलाई मान्यता दिने गरेको भएपनि हङकङको लागि भने ४८ घण्टाभित्रको मात्रै रिपोर्टलाई अनिवार्य गरेको हो ।

यसअघि ७२ घण्टाको रिपोर्टलाई मान्यता दिँदा हङकङ पुगेपछि कोभिड पोजिटिभ भइसक्ने समस्या बढेकोले एक दिनको समय कम गर्न र कोभिड पोजिटिभ हुने समस्या न्यूनीकरण गर्न खोजिएको निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिनुभयो । निगमले सरकारी प्रयोगशालाको मात्रै रिपोर्टलाई मान्यता दिन थालेको थियो ।

तर, पनि कोभिड परीक्षणपछि यात्रुले सचेतना नअपनाएको कारण हङकङ पुगेपछि परीक्षण गर्दा कोभिड पोजिटिभ भएको हुनसक्ने आधारमा ४८ घण्टाभित्रको रिपोर्टलाई मात्रै मान्यता दिने गरेको छ । निगमका अनुसार विगमतमा उडानपूर्वको  ७२  घण्टाभित्र जारी कोभिड–१९को परीक्षण गरिएको आरटी(पीसीआर नेगेटिभ प्रमाणपत्र पेश गरी हङकङ गएका केही यात्रुहरूको हङकङस्थित विमानस्थलमा त्यहाँको निकायले परीक्षण गर्दा पोजिटिभ देखिएका थिए ।

सोही कारण निमगले ४८ घण्टाभित्रको रिपोर्ट लिएर गएका यात्रुलाई दुःख नहोस,  पोजिटिभ बिरामी पनि नजाउन् र निगमको उडान प्रभावितसमेत नहोउन् भन्ने उद्देश्यले ४८ घण्टा भित्रको स्वाब कलेक्सन गरेको हुनुपर्ने र नेगेटिभ रिपोर्ट भएको प्रमाणपत्र पेश गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको हो ।

तपाईको प्रतिक्रिया