Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – विश्वका १०० उत्तृष्ट नर्स तथा मिडवाइफ (सुँडेनी/धाइआमा)हरूको नेताको सूचीमा चार जना नेपाली महिला छनोटमा परेका छन् । नर्स तथा मिडवाइफ अन्तर्राष्ट्रिय वर्ष २०२० का अवसरमा अवसरमा विश्व स्वास्थ्य संगठन, यूएनएफपीए, अन्तर्राष्ट्रिय नर्सिङ परिषद् तथा अन्तर्राष्ट्रिय मिडवाइफ संघले संयुक्त रुपमा तयार पारेको सूचीमा नेपालकी प्रसंसा बूढा लामा, रुकुमणी त्रिपाठी, शुष्मा योञ्जन, र दुर्गा सापकोटा छनोटमा परेका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अन्तर्राष्ट्रिय नर्स तथा मिडवाइफ वर्ष मनाइरहँदा विश्व कोभिड-१९ को महामारीसँग जुधिरहेको अवस्थामा नर्स तथा मिडवाइफहरु सम्मानका पात्र रहेको र उनीहरुको सम्मानमा ताली मात्र काफी नभएको इयर अफ नर्स एण्ड मिडवाइको आधिकारिक वेवसाइटमा भनिएको छ । ‘पीपीइको अभाव, सहयोगको कमी, अफ्ठ्यारा अनिश्चयताका बीचमा पनि यी महिलाहरुले विरामीहरुको हेरचाहमा अग्रपंक्तिमा रहेर काम गरेका छन् । उनीहरुले विश्वका लाखौँ नर्स तथा सुँडेनीहरुको प्रतिनिधित्व गर्दछन्,’ वेवसाइटमा भनिएको छ ।

गत मार्चमा विभिन्न आठ वटा श्रेणीहरुमा आधारित रहेर विश्वभरबाट आवेदन खुला गरिएको थियो । विविधता, सार्वजनिक नीति, नविनता विज्ञान र स्वास्थ्य, मानव पुँजी विकास, प्राथमिक स्वास्थ सेवा, नेतृत्व तथा व्यवस्थापन, कम्युनिटी हिरो, युवा नर्स तथा मिडवाइफ लिडरमा आवेदन खुला गरिएको थियो । जसमध्ये तीन जना कम्युनिटी हिरो तथा एक जना प्राथमिक स्वास्थ्य स्याहारका लागि छनोटमा परेका हुन् ।

लामा त्रिपाठी नेपालको पहिलो ब्याचका मिडवाइफ हुन् । मिडवाइफ लामा र त्रिपाठीले कोभिड-१९ को समयमा गर्भवती महिलाहरुलाई निःशुल्क अनलाइन तथा टेलिफोन मार्फत निशुल्क परामर्श दिँदै आएका छन् । यस्तै योञ्जनले समुदायमा पुगेर महिलाहरुलाई पोषण तथा महिलाहरुको स्वास्थ्य समस्याको विषयमा पराशर्म दिने गरेकी छन् । नर्स सापकोटाले यौन, प्रजनन, मातृ तथा नवजात शिशु र किशोर किशोरीको स्वास्थ्यको क्षेत्रमा लागेको वर्ष भन्दा बढी समय भइसकेको छ । उनी अधिवक्ता समेत हुन् ।

तपाईको प्रतिक्रिया