Deneme Bonusu Veren Siteler
मंगलबार, माघ १५, २०८१
Tuesday, January 28, 2025

टोकियो – वायु प्रदूषणको प्रमुख कारण डिजेल-पेट्रोल-ग्यासबाट चल्ने सवारीले फाल्ने धुवाँ हो । यस्ता सवारीको विकल्प विद्युतीय सवारी नै हो । पछिल्लो समय विश्वका सबैजसो सवारी उत्पादक कम्पनीहरुले अर्बौ डलर विद्युतीय सवारी उत्पादन तथा त्यसमा प्रयोग हुने व्याट्री प्रविधिको लागत कम गराउन लगानी गरिरहेका छन् ।

त्यस्तै जापान सरकारले वातावरणमैत्री सवारीलाई उच्च प्राथमिकतामा राखेको छ । सरकारले सन् २०३० कै दशकको मध्यसम्म सबैखाले पेट्रोल/डिजेल सवारीमा प्रतिबन्ध लगाउने योजनामा काम गरिरहेको छ ।

सरकारले विद्युतीय सवारीलाई कसरी प्रोत्साहन गर्न सकिन्छ भन्ने विषयमा कडा मेहनत गर्ने बताइएको छ । जापान सरकारले सन् २०५० सम्म देशको कार्बन प्रदूषण नियन्त्रण गर्ने दाबी गरेको छ । त्यसै अन्तर्गत सरकारले प्रदूषण न्यूनिकरण गर्न विद्युतीय सवारीमात्र प्रयोगमा ल्याउने नीतिको तरखरमा लागेको हो ।

अर्थतन्त्र, व्यापार र उद्योग मन्त्रालयले विद्युतीय सवारीमात्र प्रयोगमा ल्याउने नीतिका लागि गाडी निर्माताका प्रतिनिधिहरुसंग छलफल गर्ने भएको छ । मन्त्रालयका विज्ञहरूको एक समितिले संकलन गरेको प्रतिवेदन पश्चात पेट्रोल/डिजेल कारको बिक्रीमा प्रतिबन्ध लगाउने कार्य योजना बनाइनेछ ।

नयाँ नीति यस वर्षको अन्त्यसम्ममा घोषणा हुन सक्ने आशा गरिएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया