आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – एक प्रतिष्ठित जापानी गायकलाई उनी संलग्न संस्थाले निलम्बन गरेको छ । मासाहिको कोन्डोलाई जोनी एण्ड एसोसियटले अतिरिक्त वैवाहिक सम्बन्धका कारण काम गर्न रोक लगाएको हो ।

संस्थाले जारी गरेको विज्ञप्तीमा लेखिएको छ : अव्यवहारिक कृयाकलापका कारण मासाहिकोको कडाभन्दा कडा सजायको हकदार छन् । उनले चेतना गुमाएको छन् । गैर जिम्मेवार रुपमा प्रस्तुत भएका छन् ।

५६ वर्षीय गायकलाई सम्पूर्ण गायन, कामहरूबाट रोक लगाइएको छ । गत साता उनको प्रेम सम्बन्धबारे एक म्यागजिनले सामाग्री प्रकाशित गरेको थियो ।

गायक मासाहिको जापानी पप आइडल हुन् । उनले आफ्नो गल्ती स्वीकारेर माफी मागेका छन् र सुध्रने वचनसमेत दिएका छन् । म्याची नामले चिनिने उनको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । त्यस्तै उनकी श्रीमतीको पक्षमा मानिसहरू बोलिरहेका छन् । म्याचीको यसअघि पनि सम्बन्धहरू बारे चर्चा हुने गरेको छ ।

तपाईको प्रतिक्रिया