काठमाडौं – तिहार पछिको पहिलो दिनको सेयर कारोवार निकै नै उत्साहप्रद देखिएको छ । आज बुधबार नेप्से २३ दसमलव ३२ अंकले बढेर १७ सय ४१ दसमलव ८१ बिन्दुमा चढेपनि सेन्सिटिभ भने शुन्य दसमलव आठ अंकले घटेर तीन सय ३८ दसमलव नौ बिन्दुमा झरेको छ ।
एक सय ९४ कम्पनीहरुको ४३ हजार छ सय ७३ पटकको कारोवार भएकाछन् । जसबाट एक करोड १६ लाख ७४ हजार आठ सय ७५ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोवार रकम चार अर्ब ७९ करोड १० लाख ४१ हजार छ सय ४९ रुपैयाँ पुगेको छ ।
आज १२ वटा समुहको कारोवार हुंदा तीन वटा समुहको सुचक घटेपनि नौ वटा समुहको सुचक उच्च बिन्दुले बढेकाछन् । ति मध्ये बाँणिज्य बैक समुहको सुचक एक दसमलव २८ अंकले घटेर १३ सय १९ दसमलव ७८ बिन्दुमा झर्दा बिकास बैंक र जलबिद्युत समुहको सुचक पनि घटेकाछन् । निर्जिवन बीमा समुहको सुचक भने आज तीन सय ९७ दसमलव ४८ अंकले बढेर नौ हजार दुई सय ११ दसमलव ४८ बिन्दुमा चढेकोमा जीवन बीमा, फाईनान्स, लघुबित्त, ट्रेडिङ, होटल, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहको सुचक पनि पनि उच्च अंकले बढेकाछन् ।
आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको गुह्श्वरी मर्चेन्ट बैंकिङ एण्ड फाईनान्सको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर एक सय ८७ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको घलेम्दी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य भने पाँच दसमलव ८० प्रतिसतले घटेर एक सय ३० रुपैयाँमा कारोवार भएको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको नेपाल पुर्नबीमा कम्पनीको प्रतिकित्ता एक हजार ३७ रुपैयाँ अन्तिम मुल्यमा ३३ कारेड ६२ लाख ५९ हजार नौ सय २० रुपैयाँमा कारोवार भएको छ ।