Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौं – नेप्सेमा उछाल आएको छ । आज मंगलबार नेप्से सुचक तथा कारोवार रकम दुबै नै उच्च अंकले बढेकाछन । नेप्से आज २५ दसमलव ९८ अंकले बढेर १६ सय ७८ दसमलव ७९ बिन्दुमा चढेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सेन्सिटिभ इन्डेक्स पनि पाँच दसमलव छ अंकले बढेर तीन सय ३० दसमलव ३९ अंकमा पुगेको छ । नेप्सेमा आज एकै दिन एक सय ९६ कम्पनीहरुको ३८ हजार ६ सय ३४ पटक कारोवार भएकाछन । जसबाट ९६ लाख ५७ हजार ६ सय ७७ कित्ता सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम चार अर्ब नौ करोड ६१ लाख ९० हजार दुई सय ५६ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुँदा जलबिद्युत र सामुहिक लगानी कोष समुहको सुचक घटेर बाँकी समुहको सुचक उच्च अंकले बढेकाछन । सो मध्ये बाणिज्य बैंक समुहको सुचक सात दसमलव ११ अंकले बढेर १२ सय ९५ दसमलव ९७ बिन्दुमा चढेकोमा बिकास बैंक समुहको सुचक पनि आन दसमलव सात अंकले बढेर दुई हजार ९२ दसमलव आठ बिन्दुमा चढेको छ । यि बाहेक निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र लघुबित्त समुहको सुचक पनि बढेकाछन ।

आज बढी कमाउने कम्पनीको सुचीमा परेको साल्ट ट्रेडिङ कर्पोरेसनको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर चार हजार नौ सय ५० रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा परेको बिशाल बजार कम्पनीको प्रतिकित्ता सेयर मुल्य चार दमसलव ६१ प्रतिसतले घटेर २२ सय ७५ रुपैयाँमा कारोवार भएको छ ।

बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल पुर्नबीमा कम्पनीको प्रतिकित्ता नौ सय ६१ रुपैयाँ अन्तिम मुल्यमा २८ करोड ५३ लाख ३२ हजार एक सय ५१ रुपैयाँको सेयर किनबेच भएको छ ।

तपाईको प्रतिक्रिया