Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ – ब्राजिलमा भइरहेको चिनिया कम्पनीले बनाएको कोरोनाको भ्याक्सिनको तेस्रो चरणको ट्रायल रोकिएको छ । ब्राजिलको स्वास्थ्य नियमन निकाय (एन्भिसा) ले चिनियाँ भ्याक्सिन सिनोभाकको ट्रायल रोकिएको जनाएको छ ।

सिनोभाक कोरोनाको बनिरहेका भ्याक्सिन मध्ये तेस्रो चरणको ट्रायल भइरहेको भ्याक्सिन मध्ये एक हो । ट्रायलका क्रममा स्वयं सेवकलाई समस्या देखिएपछि स्वास्थ्य अधिकारीहरुले ट्रायल रोकेको बिबिसीले जनाएको छ । सिनिभाकले यस विषयमा कुनै जानकारी गराएको छैन ।

त्यस्तै एन्भिसाले स्पष्ट रुपमा जानकारी नगराएपनि ट्रायलको क्रममा समस्या भएको बताइएको छ । सिनोभाक भ्याक्सिन चीनले आफ्नो देशमा यो भ्याक्सिन हजारौलाई दिएको बताइएको छ । यो भ्याक्सिनको ट्रायल अहिले इन्डोनेसिया र टर्कीमा समेत भइरहेको छ । ब्राजिलमा बुटानटन मेडिकल रिसर्च इन्स्टिच्युटले ब्राजिलको संयोजन गरिरहेको यो ट्रायल रोकिनु स्वयंसेवकको मृत्यु हुनसक्ने स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया