Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २५७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । ११,११७ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा २५७१ जनामा कोरोना देखिएको हो ।

यससँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या १९७०२४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ३६१७४ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । साथै ९६७ जना  क्वारेन्टिनमा रहेका छन् ।

त्यस्तै आज कोरोना संक्रमण निको हुने संक्रमितको संख्या १७९८ जना रहेको छ । यससँगै हालसम्म कोरोना संक्रमण भएर निको हुनेको संख्या १५९७२४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया