Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

टोकियो – जो बाइडेनको जीतलाई विश्व शेयर बजारले स्वागत गरेको छ । अमेरिकी राष्ट्रपति पदका लागि जो बाइडेनको जीतसँगै सोमबार विश्व शेयर बजारका साथै तेलको मूल्यमा उछाल देखिएको छ । बिडेन राष्ट्रपति पदमा आएसँगै अधिक मौद्रिक प्रोत्साहनको अपेक्षासँगै शेयर बजारमा बढोत्तरी देखिएको हो ।

यसदिन एसएण्डपी ५०० का लागि ई–मिनी फ्यूचर्समा १.५ प्रतिशतको बढोत्तरी देखिएको छ । जबकि नास्डाक फ्यूचर्स २ प्रतिशतभन्दा अधिकले बढेको छ । यो अमेरिकी बजारका लागि सकारात्मक संकेतका रुपमा रहेको बताइएको छ ।

यसैगरी जापान बाहिरको एशिया–प्यासिफिक शेयर १.३ प्रतिशतले बढेर ६१३.९५ बिन्दुमा पुगेको छ । यो सन् २०१८ जनवरीपछिको उच्च बढोत्तरी हो । यो सूचक गत हप्ता ६.२ प्रतिशतले बढेर जून पछिको उच्च साप्ताहिक बढोत्तरी देखियो ।

बाइडेनको जीसँगै अमेरिकासँगको व्यापार सम्बन्ध राम्रो हुने अपेक्षासँगै यसदिन चिनीयाँ शेयर ब्लू–चिप सूचक १ प्रतिशतले बढेर कारोबारको सुरुवात गर्याे ।

यता जापानको एन २२५ सूचक २ प्रतिशतले बढ्यो, जबकि अस्ट्रेलियाको मुख्य सूचक एएक्सजेओ, हङकङको एचएसआई र दक्षिण कोरियाको केएस११ सबै सूचकमा १.७ प्रतिशतको बढोत्तरी देखियो ।

विश्वव्यापी रुपमा व्याप्त कोरोना महामारीका कारण चिन्तित लगानीकर्ताहरुमा बिडेनको जीतसँगै थपिएको उर्जाका कारण सोमबार तेलको मूल्यमा उछाल देखिएको छ । यसदिन ब्रेन्ट क्रुड १ डलरले बढेर प्रतिब्यारेल ४०.४८ डलर कायम भएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया