Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – मुलुकमा पछिल्लो २४ घण्टामा थप २१ जनाको मृत्यु भएको छ । यससंगै हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११०८ पुगेको छ ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप २८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको कुल संख्या १९४,४५३ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल मुलुकमा कुल ३५,४१९ जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये होम आइसोलेसनमा २९,१९७ जना र संस्थागत आइसोलेसनमा ६,२२२ जना रहेका छन् ।

त्यस्तै आज २,८१२ जना निको भएका छन् । यससंगै हालसम्म मुलुकमा कोरोना संक्रमण भएर पनि निको हुनेको संख्या १५७,९२६ पुगेको छ । आजको पीसीआर १२,३११ छ । हालसम्म मुलुकमा १,५४०,०७७ वटा पीसीआर नमूना परीक्षण भएको छ । ***@

तपाईको प्रतिक्रिया