बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

काठमाडौं । नेपालमा थप २७५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप २७५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७५३ थपिएसँगै कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ । जसमध्ये अहिलेसम्म १ लाख ५५ हजार ११४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १०८७ पुगेको छ ।

तपाईको प्रतिक्रिया