बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

काठमाडौं – राष्ट्रपतीय चुनावी नतिजाले तातेको अमेरिकामा कोरोनाभाइरसबाट दैनिक संक्रमित हुने दर अहिलेसम्मकै उच्च विन्दूमा पुगेको छ । शुक्रबार एकैदिन १ लाख ३२ हजारभन्दा बढीमा संक्रमण देखिएको हो ।

कुनै पनि देशमा एकैदिन एक लाखभन्दा बढी संक्रमित फेला परेको यो पहिलो पटक हो । नयाँ संक्रमित थपिएसँगै अमेरिकामा कोरोना संक्रमित संख्या १ करोड ५० हजार ९७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६३ लाख ८४ हजार ५७४ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ३४ लाख २३ हजार ३६३ जनामध्ये १८ हजार २१४ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ४२ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार १८१ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ४२ हजार १६३ पुगेको छ ।

तपाईको प्रतिक्रिया