Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं – कोभिड महामारी भन्दै विभिन्न कानून लगाउने सरकारले जनताको उपचार गर्ने दायित्वबाट हात निकालेको छ।

विपन्न जनताको उपचार हुने सरकारी अस्पतालमा पनि निजी अस्पतालको बराबर शुल्क सार्वजनिक गर्ने सरकारले कोभिड महामारीबाट अहिलेसम्म कतिको मृत्यु भयो भन्ने हिसाब समेत यकिन गर्न सकेको छैन।

सरकारका दुई निकायले राखेको कोरोना संक्रमणबाट मृत्यु हुनेको तथ्यांकमा ठूलो अन्तर देखिएको छ।

स्वास्थ्य मन्त्रालय र सेनाको तथ्यांकमा चार सयभन्दा बढीको फरक देखिएपछि सुक्ष्म अध्ययन गरेर वास्तविक तथ्यांक सार्वजनिक गर्न समिति बनाएको थियो । तर, तीन सातासम्म समितिले पनि संख्या यकिन गर्न सकेको छैन, जब कि मृतकको संख्या हरेक दिन बढेको छ।

सेनाको तथ्यांकअनुसार १७ कात्तिकसम्म संक्रमणबाट एक हजार चार सयको निधन भइसकेको छ । तर, त्यही दिन स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सार्वजनिक गरेको तथ्यांकमा मृतकको संख्या नौ सय ८४ मात्रै छ । फरक-फरक तथ्यांक सार्वजनिक भएपछि दुई निकायबीच विवाद भएको सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार शुक्रबार चार सय ६३ कोरोना संक्रमितको आइसियु र भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । तीन सय ८० जना आइसियू र ८३ जना भेन्टिलेटरमा छन्। *** @

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया