Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

अर्घाखाँची – कोरोना संक्रमणबाट मृत्यु भएका अर्घाखाँचीका एक व्यक्तिको शव साढे चार महिनापछि उत्खनन् गरी दाहसंस्कार गरिएको छ । अर्घाखाँची मालारानी गाउँपालिका-४ का ५७ वर्षीय यमप्रसाद खनालको शव उत्खनन् गरी दाहसंस्कार गरिएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उनी क्वारेन्टिनमा बसेको बेला स्वाब परीक्षणका लागि प्रादेशिक प्रयोगशाला भैरहवामा पठाइएको थियो । स्वाब पठाएको केही दिनमा स्वास्थ्यमा समस्या आएपछि उनी उपचारका लागि बुटवल गएका थिए । उपचारपछि घर फर्कनेक्रममा गएको जेठ २८ गते बाटोमै खनालको मृत्यु भयो । तर, उनको मृत्यु भइसक्दा पनि ‘पीसीआर’ परीक्षणका लागि पठाइएको स्वाबको नतिजा आएको थिएन । उक्त रिपोर्ट प्रयोगशालाकै लापरबाहीले प्रयोगशालाभित्रै हराएको थियो ।

प्रयोगशालामा पठाएको नमुना हराएपछि पुनः मृत शरीरबाट स्वाब निकालेर पीसीआर परीक्षणका लागि भैरहवा पठाइएको थियो । रिपोर्टमा कोरोना ‘पोजिटिभ’ आएपछि मालारानी–४ स्थित चौरमा शवलाई दुई दिनसम्म खुला आकाशमा राख्न परिवारका सदस्य बाध्य भएका थिए । शव व्यवस्थापनमा विवाद भएको थियो । विवादपछि चौर आसपास खाल्टो खनेर शव गाडिएको थियो ।

त्यसबेला परिवारले चाहेको स्थानमा शव व्यवस्थापन र परम्पराअनुसार काजकिरिया गर्न नपाएको आफन्तले बताएका छन् । अहिले चार महिनापछि शव उत्खनन् गरेर परम्पराअनुसार अन्त्येष्टि गरिएको परिवारका सदस्य प्रकाश खनालले जानकारी दिए । मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले सरकारको पछिल्लो नीतिअनुसार शव उत्खनन् गर्न गाउँपालिकाले अनुमति दिएको बताएका छन् । उनकाअनुसार चार दिनअघि उत्खनन् गरी शवको दाहसंस्कार गरिएको हो ।

बुबाको शव उत्खनन् गरी अन्त्येष्टि गरिएको बारे स्थानीय प्रशासनले फोनमार्फत चासो राखेको बाबुरामले जानकारी दिए । बाबुरामले भने, ‘स्थानीय प्रशासनबाट फोन आएको थियो । शव उत्खनन् गरी अन्त्येष्टि गर्दा वडासँग समन्वय भयो कि भएन भनेर मात्रै सोध्नु भएको थियो । अरु केही सोध्नु भएन ।’

तपाईको प्रतिक्रिया