Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – कोरोना संक्रमण काठमाडौं उपत्यकामा विष्फोटक अवस्थामा पुगेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकलाई हेर्दा उपत्यकामा संक्रमण विष्फोटक अवस्थामा पुगेको विज्ञहरुको तर्क छ ।

जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले काठमाडौंमा कोरोना संक्रमण बढ्नु र देशभर मृत्युदरसमेत बढ्दै गएकाले अवस्था चिन्ताजनक भएको बताएका छन् । उनले परीक्षणको दर कम हुँदै गएको र संक्रमण भने बढ्दै गएको बताएका छन् ।

‘पछिल्लो २४ घन्टाको तथ्यांक हेर्दा परीक्षण निकै कम भएको देखिन्छ । तर संक्रमण प्रतिशत भने धेरै देखिएको छ । एक हिसाबले भन्दा काठमाडौं उपत्यकामा कोरोना विष्फोटक अवस्थामा पुगेको छ,’ पाण्डे भन्छन्, ‘यस्तै मृत्युदरसमेत बढेकाले चिन्ता थपिएको छ । क्वारेन्टिनमा असुविधाको कारण त्यहाँ बस्ने एकदम न्यून छन् । सँगै संस्थागत आइसोलेसन प्रभावकारी भएनन् ।’

तपाईको प्रतिक्रिया